Reg.No: 564
दिखुक्पा सेवा समाज
Dikhukpa Sewa Samaj
(स्था:२0७३)
PAN.No: 608619039
माङछामा हाम्रो मुल देवता अथवा मुलदेवी हुन्। यसलाई कुनामा गोप्य गरि राखिन्छ । यो राखेको ठाउँमा घरको मुलकी बाहेक अरु जानु हुन्न । यसलाई छुन चलाउन पनि हुन्न । घरको सहकाल र समृद्धिको देवी हुन्र यिनलाई सँधै खुशी राख्नुपर्छ बाधा पु¥याउनुहुन्न, चित्त दुखाउनु हुन्न । यिनलाई जानअन्जानमा पनि बाधा पुगेको, चित्त दुखाएकोलागेमा माफी माग्दै फकाएर राख्नुपर्छ । घरमा विभिन्न कार्जेहरु गर्दा भोजभतेर गर्दा होहल्ला हुन्छ जसले माङछामालाई बाधा पुग्छ तर्सेर वा चित्त दुखाएर जाइजान सक्छिन्। त्यसैले त्यस्तो कार्जे होहल्ला सकेर सबै साम्य हुनासाथ माङछामा राख्नुपर्छ । यदि यसो नगरेमा उनि जाइजान सक्छिन्र त्यस घरको सह र समृद्धि पनि लिएर जान्छिन्।
माङछामा गर्दा चाहिने आवश्यक सामाग्रीहरुः
१. सुबिरा बाग, माग्बाला बाग (भोर्लाको पात)
२. सुबिदी, होब्लोब्दी, बेछुक (अदुवा)
३. आरावा (चामल)
४. सिप्खादी (चोखो जाँड)
५. वापा (भाले)
६. सोलैवा (गाड चिण्डो)
७. एक माना चामल माथि बत्ति बाल्ने थालमा दियोमा ढ्याके पैसा राख्ने ।
८. विदेशबाट पैसा पठाएको भए र आफुसँग भए पनि अर्को थालमा राख्ने ।
विधि ः
मुन्धुम गर्न थाले लगत्तै दोवाङ्ग (धामी) लाई र बुढ्यौलीको शिर उभाउने रक्सी उक्त बोतल र माग्बाला बागमा दक्षिण–(रुपैयाँ) बेरेर धामी वा बुढ्यौलीको टोपीमा सिउरी दिने आफुभन्दा श्रेय भए ढोगि दिने । आवश्यक सामाग्रीहरु जम्मा भइसकेपछि हेन्सङ्गताङ्गको फेदमा भोर्लाको पात राखेर त्यसमाथि सोलैवा (चिण्डौ) राख्ने । जसमा चोखो खाचा (चोखो जाँड) भरिएको हुन्छ । त्यसैको छेउमा अछेता हुन्छ । त्यसपछि दोवाङ्गले तिन चुलालाई बल माग्दै शुरु गर्छन्। उनले माङ्गछामालाई फकाउने कोशिस गर्छन्। जसलाई यसरी संक्षेपीकरण गर्न सकिन्छ । यो घर परिवार यो लालाबाला आजसम्म तिम्रै साहारा तिम्रै आशिर्वादले बाँचेका छन्। तिमीलाई आफ्नो शक्तिको श्रोत मानेका छन्तर पनि हिजो यो घरमा कार्जे भयो भोजभतेर भयो होहल्ला भयो तिमी डरायौ होला, तिम्रो मन दुख्यो होला, त्यसैले यहाँबाट पर जाने मन गर्दै होला तर त्यसो नगर, हामी आफ्नो गल्ति मान्छौं अनि माफि माग्छौं तिम्रो शरण पर्छौ । तिमीलाई भनेर हामी भाले र जाँड राखिदिन्छौं । यसो भन्दै भाले रेटी मारेर त्यसको रगत थानमा र तीन चुला साथै चुृलाको चौघेरामा वरिपरि चुहाइन्छ । भालेलाई पोलपाल पारेर कलेजो निकाली थानमा चढाइन्छ र दोवाङ्गले पुन फलाक्छन्लौ है तिमीलाई यो भालेको भोग दियौं अब तिम्रो लागि यो खाने पिउने कुराहरु जेब्कुबमा राखिदिन्छु । त्यही खानु बस्नु तर यो घर छोडी चाहि नजानु है” । यसो भन्दै दोवाङ्गले भोर्लाको पातमा रहेको सबै चिज सर्लक्कै उठाए्र चुलातर्फ फर्केर नाच्दै–नाच्दै, पछाडी–पछाडी सर्दै जेब्कुब्मा पु¥याई राखिदिन्छन् । यसरी माङछामालाई फकाएर राखिन्छ र प्रसादको रुपमा त्यही मासु पकाएर बाँडिन्छ ।
निम्न अवस्थामा माङछामा राख्नुपर्छः
१. छोराले बुहारी भित्राएपछि वा छोरी अन्माएपछि ।
२. बाजागाजा बजाएर कुनै काम गरेमा ।
३. ढोल बजाएर विजुवा राखेमा ।
४. प्रदेशबाट रुपैयाँ पैसा पठाएर वा लिएर आएमा ।
५. घरपैँचो गर्दामा ।
६. मुन्धुमी इतर अन्य कुनै शैली र विधिबाट पूजापाठ गराएमा ।
अवस्था अनुसार फलाक्ने कुराहरु अर्थात्खुृलाउनु पर्ने केही छिटफुट कुराहरु फरक पर्छन्तर पनि समग्रमा बुझ्दा चाहिँ माङ्गछामा हाम्रो मुलदेवी अथवा कुलदेवी हो । त्यसैले हाम्रो हरेक गतिविधि, उन्नति, प्रगति आदिको जानकारी गराउनेपर्छ भन्ने नै माङ्गछामा पुज्नुको मुल उद्देश्य हो भनेर बुझ्न सकिन्छ।