Skip to main content

Dikhukpa Sewa Samaj

सारीसाम्खाः

योसारीसाम्खा सिधै हेर्दा साम्खा नै हो तर यो चाँही आवश्यक परेको खण्डमा गरिन्छ । हामी किरात समुदायको आस्थको केन्द्र भनेकै हाम्रो चुला, माब्छामा अनि पितृहरु हुन्। यी तिननै एक अर्कामा सम्बन्धित छन्र एकमा तलमाथि पर्दा अरुमा पनि त्यसको प्रभाव देखिन्छ भन्ने हाम्रो मान्यता छ । यसरी हाम्रो शक्ति केन्द्रहरु अन्तर्निहित छन् । हामीले आदर सत्कार नगर्दा हामीले बिराउँदा कहिलेकाहीँ रिसाउँछन् बेखुस हुन्छन्र हामीलाई सताउँछन् दुःख दिन्छन् । जसलाई ।।।सारीमा’ भनेर हाम्रो भाषामा भन्ने गर्छौ । जसै हामीलाई लाग्छ वा जान्ने बुझ्नेले निचोड निकाल्छन् कि उत्पन्न समस्याको कारण सारीमा हो । तब त्यसबाट पार पाउन अथवा समस्याको समाधान गर्न साम्खा गर्नुपर्छ र यस अवस्थामा गरिने साम्खा नै हो तर यसमा बुन काटिदैन साथै यसमा प्रयोग भएका केराका पातहरु सबै बाहिर फालिन्छ ।

 

आवश्यक सामाग्रहीहरुः

१. वाबुक (चिण्डो)
२. सोलोवा (गाड भएको चिण्डो)
३. बछा (माटोको सानो भाँडा)
४. आरावा (चामल)
५. तोल्ला (टुप्पी भएको केराको पात)
६. याङ्गला (केराको पातको एक पाटा)
७. सिप्खादि (चोखो जाँड)
८. अलोब्दी (ठूलो अदुवा), सुबिदि (सानो अदुवा)
९. भाङ्गमाङ्गसा (उसिनेको मासु)
१०. शाङ्गताङ्ग (जाँड भएको चिण्डो)
११. वामा –तुप्तुवामा (सानो पोथी, वामा कोक्टाङ्ग–ठूलो अण्डा पार्ने पोथी)

 

विधिः
यसको सम्पूर्ण विधि नियमित साम्खा सरह नै हो र यो आवश्यक परेको खण्डमा मात्र गरिन्छ तर बुन काटिदैन ।