खोटाङ्ग जिल्लाको दक्षिण पूर्वी भेगमा अवस्थित सावा खोलाको आसपास सवाली
सातपाँछ भनेर कहलिएको राई वान्तावा समूह भित्रको एउटा महत्वपूर्ण सदस्य हो
“दिखुक्पा पाछा” । एउटै पुर्खाको सन्तान नै वंश हो र आज अस्तित्वमा रहेको सम्पूर्ण
दिखुक्पाहरु पनि एउटै पुर्खाको सन्तान भएकोले दिखुक्पा वंश भन्दा फरक पर्दैन ।
हामी सम्पूर्ण दिखुक्पा एउटै वंश एउटै रगतको दाजुभाई हौं । हाम्रो सम्पूर्ण वंशको
जानकारी र सूचना समावेश गरिएको संगालो नै वंशावली हो । दिखुक्पा वंशको पृष्ठभूमी
अथवा संक्षिप्त इतिहास बारे खोजतलास गर्दा के कुरा बुझिन्छ भने हामी यो सावा भेगमा
अन्तैबाट सरेर आएका थियौं भन्ने कुराथाहा पाउँछौं । वर्षौदेखिको हामी सबैको
मनमा रहेको चाहना आफ्नो वंशको वंशावली बनेको हेर्ने कुरालाई सार्थक पार्न सफल
भएकोमा सम्पूर्ण दिखुक्पा संशमा बधाई तथा शुभकामना ।